सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

समाचार

3/15/2020

काठमाडौं, २ चैत । विश्वभर फैलिएको नोवल कोरोना भाइरसको विषयमा कार्ययोजना बनाउन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् ।

संघीय सरकारले नोवल कोरोना (कोभिड–१९) भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको छ ।


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाइएको हो ।

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज मध्यान्ह १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुनेछ । 

संघीय सरकारले अहिलेसम्म कसरी काम गरिरहेको छ भन्ने विवरण स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने कार्यक्रय रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ