मुख्यमन्त्री राउत ‘महामुर्ख’

समाचार

3/9/2020

जनकपुरधाम, २७ फागुन । मिथिला नाट्यकला परिषद (मिनाप)ले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधी यस वर्ष मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई प्रदान गरेको छ ।

प्रदेशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा बीमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता चालेको कदमका लागि उनलाई महामुर्खको उपाधी प्रदान गरिएको मिनापले जनाएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधी प्रदान गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ