कैलाली, ३ चैत । सुदूरपश्चिम प्रदेशल सरकारले थारू समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए ।
तपाईको प्रतिक्रिया