मेची नाकाबाट निर्यात खुकुलो

समाचार

6/24/2020

काठमाडौं, १० असार । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण ३१ दिनदेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ ।

नेपाली कृषिउपज बोकेको कन्टेनरहरु नाकाबाट पास हुन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘नेपाली कन्टेनरहरु भारत र बंगलादेश जान थालेका छन्, अरु कन्टेनर पनि जाने कुरा छ,’ भन्सार प्रमुख विश्वकर्माले भने ।

कोरोनालाई कारण देखाएर पश्चिम बंगाल सरकारले भुटान, बंगलादेश र भारत निर्यात हुने नेपाली वस्तु निकासीमा अवरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ