मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

6/21/2020

महोत्तरी, ७ असार । बर्दिवास नगरपालिका–३ पाटु डाँडास्थित सडकमा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका–१ बस्ने २५ वर्षीय राजिव महतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका–१ बस्ने ३८ वर्षीय भिष्म बिष्टको सिटी केयर अस्पताल बर्दिवासमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ