महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ को कायस्थ टोल मटिहानीमा चित्रगुप्त मन्दिर उद्घाटन भएको छ ।
मटिहानी नगरपालिकाको करिब १० लाख र अन्यको सहयोग गरी करिव १२ लाखको लागतमा सो मन्दिरको निर्माण भएको उपभोक्ता समिति अध्यक्ष इन्द्रलाल कर्णले बताएका छन् ।
यसैबीच नवनिर्मित मन्दिरको उद्घाटन बुधबार मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले एक समारोह बीच गरेका छन् ।
मटिहानी नगरपालिका वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिकर्मीहरु राम कुमार मण्डल, उपेन्द्र प्रसाद चौधरी, बैद्यनाथ मण्डल, नागेन्द्र लाल कर्ण समाजसेवीहरु शेषनारायण लाल कर्ण, रामजी मण्डल र सह प्रा. हेमनारायण लाल कर्ण लगायतको वक्ताहरुले मन्दिर र भगवान चित्रगुप्तको महिमा बारे प्रकाश पारेका थिए । भगवान चित्रगुप्त कायस्थ जातिहरुको अराध्य देवको रुपमा रहेको छ ।
तपाईको प्रतिक्रिया