महोत्तरी, ३२ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा लकडाउन एक साता लम्बिएको छ । आइतबार राती १२ः०० बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा मटिहानी नगरपालिका वडा नं. ७ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आइतबार राती १२ बजे देखि भाद्र ६ गते शनिवार राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
यस अघि साउन २० गतेदेखि नै मटिहानी नगरपालिकाले लकडाउन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया