मोदीको अपिललाई प्रधानमन्त्री ओलीद्वारा स्वागत

समाचार

3/14/2020

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ