मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख दिने मुख्यमन्त्री राउतको घोषणा

समाचार

3/15/2020

जनकपुरधाम, ३ चैत । खुल्ला मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयासहितको स्थानमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ लाख राहत उपलब्ध गराउने भएको छ ।

सोमबार विहानै शोकमग्न रमदैया पुगेका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पीडित परिवारहरुप्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३÷३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

खुल्ला विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए ।

उनले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरामुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत बताए ।

रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए ।

रमदैया पुगेको टोलीमा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ