‘मध्य मधेश’ मा ४२ मत

समाचार

3/17/2020

काठमाडौं, ४ चैत । प्रदेश २ को नामाकरणका लागि भएको गोप्य मतदानमा ‘मध्य मधेश’ प्रदेशले ४२ मत प्राप्त गरेको छ ।

१०७ प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा सत्तारुढ दल समाजवादी–राजपाकै केही सांसद र कांग्रेसका पनि केही सांसदहरुले मध्य मधेश प्रस्ताव गरेका थिए ।

मध्य मधेश प्रदेशले पनि बहुमत प्राप्त गर्न सकेन । तर, प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी कांग्रेसभन्दा बढी मत मध्य मधेशले प्राप्त गर्यो ।

प्रदेशसभाबाट नामाकरण गर्नका लागि सत्तारुढ दलसँग ७२ मत आवश्यक हुन्छ ।

अब मधेश प्रदेशमा मतदान हुने भएको छ । मधेश प्रदेशले बहुमत प्राप्त गर्ने स्पष्ट भएको राजपा र समाजवादीका सांसदहरुको धारणा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ