मधेशमा शीतलहरले जनजीवन कष्टकर

समाचार

12/19/2019

वीरगञ्ज, ३ पुस । केही दिनदेखि मधेशमा बढेको शीतलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ ।

गर्मीमा ४४ डिग्रीसम्मको तामक्रममा रहेका यो क्षेत्रका बासिन्दा अहिले भने सात÷आठ डिग्रीको चीसोमा बस्न बाध्य भएका छन् ।

शीतलहरका कारण कसैले ज्यान गुमाउन नपरोस् भनी स्थानीय प्रशासनले विभिन्न उपायसमेत अपनाइँदै छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पहिलो प्राथमिकता अति विपन्नलाई बचाउने रहेको बताए ।

यसका लागि स्थानीय प्रशासनले इन्धनको व्यवस्था गर्ने, न्यानो कपडाको जोहो गर्नेलगायत विपतबाट मानिसलाई बचाउने उपायहरुको खोजी गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ