काठमाडौं, १६ चैत । नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहत कोषमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले एक लाख ११ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
संकटके घडीमा नेपाल सरकारले ल्याउने सबैखाले उद्धार, राहत तथा बचाउका अभियानहरुमा मञ्चको सहभागिता रहिरह्ने प्रतिबद्धताका साथै कोरोना कोषमा थप एक लाख ११ हजार रुपैयाँ उपलब्ध गराउने मञ्चका महासचिव बेचन कुमार महतोले विज्ञप्तिमार्फत जनाएका छन् ।
साथै मञ्चले लकडाउनलाई २१ दिनसम्म लम्ब्याउन सरकारलाई आग्रहसमेत गरेको छ । मञ्चले स्वास्थ्यकर्मीहरुलाई उपकरणहरु अविलम्ब उपलब्ध गराउन मञ्चको माग गरेको हो ।
तपाईको प्रतिक्रिया