जनकपुरधाम, ५ चैत । नेपाल मधेशी निजामती कर्मचारी मञ्च धनुषा जिल्ला कार्य समिति पुनर्गठन भएको छ ।
जनकपुरधामस्थित चरन विकास तथाघाँसे बालीबप्उ वृद्घि फारममा मंगलबार बसेको मञ्च जिल्ला कार्य समिति धनुषाको बैठकले कार्य समितिमा रिक्त रहेका पदहरुमा पूर्ति गर्दै पुनर्गठन गरिएको छ ।
आधिकारिक ट्रेड युनियन तथा मञ्चका जिल्ला अध्यक्ष रामबाबु साहको उमेर हदका कारण गत पुसमा सेवा निवृती भएको कारण मञ्चको जिल्ला कार्यसमिति धनुषाको अध्यक्ष पदको जिम्मेवारी कार्य समितिका उपाध्यक्ष दीपक ठाकुरलाई दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले आधिकारीक ट्रेड युनियन, धनुषाको अध्यक्ष पदमा मञ्चकै तर्फबाट प्रतिनिधित्व हुने व्यवस्थाअनुसार आधिकारीक ट्रेड युनियन, धनुषाको अध्यक्ष पदमा देवेन्द्र कुमार मिश्रलाई चयन गरी पठाउने निर्णय समेत गरेको छ ।
बैठकले मञ्चको रिक्त उपाध्यक्षहरुमा क्रमशः नविनकुमार झा र राजकुमार साहलाई समेत चयन गरेको जानकारी मञ्चका महासचिव तथा प्रदेश नं. २ का संयोजक बेचनकुमार महतोले दिएका छन् ।
तपाईको प्रतिक्रिया