काठमाडौं, २९ मंसिर । मधेशी पत्रकार समाज नेपालको उपत्यका कमिटी पुनर्गठन गरिएको छ ।
आइतबार आयोजित विशेष समारोहमा सञ्चारकर्मी तथा सँगीतकार कमल मण्डलको अध्यक्षतामा १३ सदस्यीय उपत्यका समिति घोषणा गरिएको छ ।
उपत्यका समितिको उपाध्यक्षद्वयमा रामसुकुल मण्डल र दीपा चौधरी, सचिवमा शिव अधिकारी यदुवंशी, सहसचिवमा रजनिश प्रसाद कुशवाहा र कोषाध्यक्ष मनोज मण्डल रहेका छन् ।
यसैगरी, सदस्यहरुमा रामनारायण राउत, विपिन श्रीवास्तव, भगवती शर्मा, समर साह, रिजवान खान, मो. शेराज र लक्ष्मी चौधरी रहेका छन् ।
यस्तै, सल्लाहकारहरुमा विजय यादव, रंजित सिंह, राजु चौधरी, श्रुति सिंह, शैलेन्द्र यादव, सुभाद्री चौधरी रहेका छन् ।
तपाईको प्रतिक्रिया