‘मधेश’ प्रदेश प्रस्तावमा पनि दुई तिहाइ पुगेन

समाचार

3/17/2020

काठमाडौं, ४ चैत । प्रदेश २ को नामाकरणका लागि आज भएको गोप्य मतदानमा सत्तारुढ दलको प्रस्ताव मधेश प्रदेशले दुई तिहाइ पुर्याउन सकेन ।

सत्तारुढ दल समाजवादी पार्टी (३०) र राजपा (२५) गरी जम्मा ५५ प्रदेशसभा सदस्य छन् । प्रदेशको नामाकरणका लागि ७२ पुर्याउने पर्ने हुन्छ । तर, जम्मा ६० मत मात्र प्राप्त भयो ।

यसअघि, नेकपाको जानकी प्रदेशलाई ३७, कांग्रेसको मिथिला भोजपुरालाई २८ र मध्यमधेशलाई ४२ मत प्राप्त भएको छ ।

प्रदेश २ मा कसैसँग स्पष्ट बहुमत नरहेकोले मतदान प्रक्रियाबाट प्रदेशको नामाकरणका लागि गोप्य मतदान भएको थियो ।

राजपा र समाजवादीसँग पुनः मधेश प्रदेशको पक्षमा सहमति जुटाउन अवसर मिलेको छ । राजपा र समाजवादीलाई अझ १२ मत आवश्यक थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ