काठमाडौं, २८ फागुन । नेपालीहरुले भारतमा पनि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएका छन् । भारतको मुम्बई अधेरीमा नेपालीहरुले ११०औँ विश्व नारी दिवस तथा महिला श्रमिक दिवस मनाएका हुन् ।
संयुक्त नेपाली महासंघ मुम्बईका अध्यक्ष भरत रावलका अनुसार महिला र पुरुषबिचको समानताका लागि औपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कलाकारहरुको सहभागिता रहेको थियो । उनीहरुले संस्कृतिक प्रस्तुती देखाएका थिए । रावलका अनुसार कार्यक्रमको प्रमुख अतिथि मेकअप आर्टिस्ट संगीता खन्ना रहेकी थिइन् ।
विशिष्ट अतिथिमा गायीका जमुना शर्मा तथा अतिथिहरुमा गायीका अस्मी रिसाल, मार्सलआर्ट प्रशिक्षक लक्ष्मी कार्की, मलाती न्युजकी सम्पादक ललिता मलातीसहितको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया