भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

समाचार

1/10/2020

काठमाडौं, २५ पुस । काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय संयुक्त विभागले विश्व हिन्दी दिवस मनाएको छ ।

होटल याक एण्ड यतीमा शुक्रबार विश्व हिन्दी दिवस मनाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री हृदयेश त्रिपाठी, कार्यभार राजदूत डा. अजय कुमारले भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।
भारतीय दुतावासद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण पनि गरियो ।

वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको हो । ती पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

साथै हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि श्री माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरियो । यी कथाहरु बाह्रखरी मेडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ