मानव अधिकारको अवस्था अनुगमन गर्न खडगाको संयोजत्वमा समिति गठन

समाचार

4/16/2020

राजबिराज, ५ बैशाख । कोभिड १९ को सन्दर्भमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा पाँच सदस्यीय जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।

बिहिवार राजबिराजमा भएको बैठकले कोभिड १९ वाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासँघ र गैरसरकारी संस्था महासँघ सम्मलित ५ सदस्यिय अनुगमन समिति गठन गरिएको हो ।

गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासँघ नेपाल सप्तरी अध्यक्ष शंभुनदन चौधरी, महिला मानवअधिकार कर्मी आभासेतु सिँह, पत्रकार, मानव अधिकारकर्मी चन्दनकुमार यादबलाई मनोयन गरेको संयोजक जितेन्द्र खडगाले जानकारी दिनु भयो ।

राष्टिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्य्बिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्था को अनुगमन समिति निर्माण गरिएको हो ।

जिल्ला स्तरको समितिले मानव अधिकार को अबस्था अनुगमनका लागि आयोगवाट तयार भएको अनुगमन चेकलिस्ट प्रयोग गर्ने, लकडाउनको अबधिमा भिडियो कन्फ्रेन्स, टेलिफोन वार्ता, स्थलगत अध्ययन तथा अन्य उपलब्ध माध्मवाट सुचना संकलन गर्ने, लगायतका कार्य गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ