काठमाडौं, २२ मंसिर । मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि नेपाल–भारतबीच समन्वय गर्ने विषयमा दुई मुलुकका अधिकारीहरुबीच सहमति भएको छ ।
माइती नेपालले कन्चनपुरको महेन्द्रनगरमा आयोजनामा गरेको छलफलमा सीमाक्षेत्रमा संयुक्त कार्यक्रम गर्ने र तस्करीमा संलग्न व्यक्तिहरुबारे जानकारी उपलब्ध गराउने विषयमा बिहीबार सहमति भएको हो ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार रोकथाम गर्न भारत जाने नेपालीहरुको सीमानाकामा अभिलेख राख्नुपर्नेमासमेत जोड दिइएको थियो ।
रोजगारीका लागि भारत जाने नेपालीसँग कुनै प्रमाण नहुने र स्थानीय तहको सिफारिसबिना कुनै व्यक्तिसँग जान नपाउने प्रावधान लागू गर्नसके बेचविखनका घटना कम हुने उनीहरुको सुझाव थियो ।
तपाईको प्रतिक्रिया