मलेठ घटनाका पीडित परिवारलाई राहत

समाचार

5/7/2020

सप्तरी, २५ बैशाख । मलेठ घटनामा मारिएकाका परिवारलाई राहत वितरण गरिएको छ । जनता समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले उनीहरुलाई राहत वितरण गरेका हुन् ।

मलेठ घटनामा मारिएका पीताम्बर मण्डल, सजन मेहता र वीरेन्द्र मेहताको परिवारलाई राहत उपलब्ध गराइएको हो ।

प्रति परिवारलाई २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, एक किलो सोयाविन, साबुन र मास्क वितरण गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ