काठमाडौं, २१ फागुन । चीनमा कोरोनाको संक्रमण बढेसँगै नेपालमा मास्कको अभाव भएको छ । अभाव हटाउन नेपाल सरकारले मास्क नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ ।
मास्क उत्पादनको जिम्मा पाएको नेपाल चेम्बर अफ कमर्सले उद्योगी दिपक मल्होत्राको नेतृत्वमा एक उपसमिति समेत गठन गरेको छ ।
मास्क उत्पादनका लागि भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याउने तयारी भइरहेको मल्होत्राले जानकारी दिए ।
५० लाख मूल्य पर्ने उक्त मेसिनले हप्तामा ५ लाख पिस अर्थात दैनिक ७० हजार बढी मास्क उत्पादन गर्न सक्ने उनले जानकारी दिए । यी मास्कलाई उपभोक्ताले ४ देखि ५ रुपैयाँमा पाउन सक्ने मल्होत्राले बताए ।
तपाईको प्रतिक्रिया