महोत्तरीको मटिहानी बजार सिल

समाचार

8/12/2020

महोत्तरी, २८ साउन । महोत्तरीको मटिहानी बजार बुधबारदेखि सिल गरिएको छ । केही दिन अगाडि मटिहानी नगरपालिका ६ का कोरोना संक्रमित ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएको सोमबार मृत्यु भएपछि बजार क्षेत्र सिल गरिएको हो ।

मृतकको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएकाले मटिहानी बजार क्षेत्र सिल गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ ।

सर्वसाधारणलाई मृतकको घर आसपास आवत जावत नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार मृतकको दाहसंस्कारमा सहभागी भएका ५६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ