मणिप्रसाद गैेह्र, कपिलवस्तु, १९ फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा सातौं प्राचीन कपिलवस्तु महोत्सव लाग्ने भएको छ ।
तौलिहवा उद्योग वाणिज्य संघले लगाउँदै आएको महोत्सव यस वर्ष पनि संघले नै लगाउने निर्णय गरेको छ । सातौं प्राचिन कपिलवस्तु महोत्सव चैत २१ देखी २०७७ बैशाख २ गतेसम्म चल्ने सचिवालय गठन भई मिति तय गरेको महोत्सवका संयोजक एवं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।
महोत्सवमा कृषि, पर्यटन, स्थानीय कला संस्कृति लगायतको क्षेत्रमा विशेष रुपले प्रचार गरिने संघका महासचिव अर्जुन चापाँगाईले बताए । जिल्लाका स्थानीय कलाकार तथा स्थानीय संस्कृतिको प्रवर्धनको लागी मेलाले सहयोग पुग्ने समेत चापागाईले बताए ।
तौलिहवामा रातिमा मेला लाग्ने हुँदा दिनभरको कामको थकान मेट्नको लागी स्थानीय जिल्ला तथा छिमेकी जिल्ला तथा भारत वाट दर्शकहरु आउने गर्दछन् ।
तपाईको प्रतिक्रिया