काठमाडौं, २५ जेठ । महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
नेताहरुबीच पदाधिकारी बाँडफाँडमा लामो समयदेखि सहमति जुटिरहेको थिएन । पार्टी एकीकरणको जानकारी आयोगमा दिएको ४५ दिनभित्र दर्ताका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।
एकीकरण घोषणाको अन्तिम दिन ४५औं दिनको साँझसम्म मात्र पदाधिकारीमा सहमति जुटेको थियो । पार्टीको अध्यक्षमा ठाकुर र यादव रहेका छन् ।
यसैगरी, वरिष्ठ नेतामा राजेन्द्र महतो, डा.बाबुराम भट्टराई र अशोक राईसहित ५१ सदस्यीय केन्द्रीय समिति आयोगमा दर्ता गराएको छ ।
तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
तपाईको प्रतिक्रिया