महेन्द्रनगर–दिल्ली–देहरादुन बस सञ्चालन बन्द

समाचार

3/17/2020

काठमाडौं, ४ चैत । विश्वव्यापी रूपमा कोरना भाइरस (कोडिभ–१९) को संक्रमण बढ्दै गएपछि कञ्चनपुरको स्थानीय प्रशासनले महेन्द्रनगरबाट भारतको दिल्ली–देहरादुन बस सञ्चालनमा रोक लगाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले नेपालमा कोरोना संक्रमण फैलिन नदिन नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा रोक लगाएको जानकारी दिए ।

‘महेन्द्रनगरबाट दिल्ली–देहरादुन बस सञ्चालनमा रोक लगाएका छौँ,’ उनले भने, ‘गृह मन्त्रालयको निर्देशनअनुसार बस सञ्चालनमा रोक लगाइएको हो,’ उनले भन ।

सीमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालन कञ्चनपुरका भारतीय सीमा क्षेत्र गड्डाचौकी, ब्रह्मदेव, चाँदनी र बेलौरीमा हेल्थ डेस्क पनि सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ