धनुषा, २७ असार । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका–४ हउवाई बस्ने ३० वर्षीय भगवती प्रसाद मण्डललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई विदेह नगरपालिका–७ तिनकोरिया चोकस्थित भोलाबाबा कुटीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिध्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया