कपिलवस्तु, २७ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयंसेविकाहरुलाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका उनीहरुको कार्यमा उत्साह थप्न गाउँपालिकाले सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारले लगाएको लकडाउन अवधिभर गाउँघरमा खट्ने स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका ६८ जना स्वयंसेविकाहरुलाई स्वास्थ्य तथा पारिवारिक लगत संकलनको जिम्मेवारी दिँदै सो रकम प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख गोपाल थापाले बताए ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि खबर गाउँपालिकाले प्राप्त गर्न सम्पूर्ण स्वयंसेविकाहरुलाई फिल्डमा खटाइएको हो ।
फिल्डमा परिचालन हुने स्वयंसेविकाहरुले प्रत्येक घरको तथ्याङ्क संकलन गरी गाउँपालिकामा दिनहँु विवरण उपलब्ध गराउनु पर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया