प्रदेश ५ भित्र महिला हिंसाका घटना बढ्दो

समाचार

3/10/2020

नेपालगन्ज, २७ फागुन । नेपालका हरेक ठाउँमा महिला हिंसाका घटनाहरु हुने गरेका छन् । त्यसमा पनि सबैभन्दा बढी महिला हिंसाका घटना प्रदेश नम्बर ५ मा हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र केन्द्र इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्य उल्लेख छ ।

सन् २०१८ मा समेत सबैभन्दा बढी महिला हिंसाका घटना प्रदेश ५ मा सन् २०१९ मा पनि देशभरिमै सबैभन्दा बढी महिला हिंसका घटना भएको तथ्यांक सार्वजनिक भएको छ । 

सन् २०१९ मा प्रदेश नम्बर ५ का १२ जिल्लामा ९८६ जना महिला विभिन्न प्रकारका हिंसाबाट पीडित भएको तथ्यांक संकलन गरिएको इन्सेक प्रदेश नम्बर ५ का संयोजक भोला महतले बताए ।

उनले सन् २०१८ मा सबैभन्दा बढी ७३६ वटा महिला हिंसाका घटना यसै प्रदेशमा भएको बताए । उनले प्रदेश ५ का सबै जिल्लाबाट प्राप्त घटनालाई अभिलेखीकरण गरी तथ्यांक सार्वजनिक गरिएको बताउँदै यो तथ्यांकले आफूहरुलाई थप चिन्तित तुल्याएको बताए ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्ष प्रदेश ५ मा बलात्कार तथा यौन दुव्र्यवहारबाट २२० बालिका र १२९ महिला पीडित भएका थिए भने ६३७ महिला अरु प्रकारका हिंसामा परेका थिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ