युवा कल्याण समाजद्वारा सुरक्षा सामग्री हस्तान्तरण र स्वास्थ्य परीक्षण

समाचार

5/5/2020

कपिलवस्तु, २३ बैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका–१ पकडीमा रहेको युवा कल्याण समाजले मायादेवी गाँउपालिकाको विभिन्न क्षेत्रमा सुरक्षा सामग्री हस्तान्तरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीसहित गाउँ–गाउँमा स्वास्थ्य परीक्षण गराएको छ ।

मायादेवीको स्वास्थ्य कार्यलय पकडी र ईलाका प्रहरी कार्यलयहरुमा मास्क, सेनिटाईजर, ह्यन्ड ग्लोब्स, हेन्डवास वितरण गरेको छ। युवा कल्याण समाजको सर्हानीय कार्य प्रति स्वास्थ्य कार्यलयका प्रमुख डा. विश्नाथ ठाकुरले खुशी व्यक्त गरेका हुन् ।

कोरोना भाईरसको प्रभावबाट बच्नका लागि स्वस्थ्यकर्मीको टोलि सहित मायादेवि गाँउपालिकाको विभिन्न क्षेत्रहरुमा मानिसहरुको उच्च तापक्रम, रुघाखोकी, टाउको दुखाईका साथै विभिन्न लक्षणको जाँच गराएको छ ।

संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमानको प्रयासमा हामी दिनरात जनताको हरेक क्षेत्रहरुमा सेवा सुविधा दिन तयार रहेको कुरा संस्थाका उपाध्यक्ष वलिउद्दिन मुसलमानले बताए ।

साथै यस महामारीबाट बढी प्रभावित रहेको ज्यालादारी गर्ने घरपरिवार र सुरक्षाका जोखिम महसुस गरेर सेवामा खटी रहेको सुरक्षाकर्मीहरुलाई आवश्यक सुविधा दिन तयार रहेको कुरा पनि उनले बताए ।

आवश्यक सेवा सुविधाका लागि संस्थाको सम्पर्क नं. ९८०३८४२५६४ मा फोन मार्फत जानकारी गराएमा घरदैलोमा सेवा सुविधा उपलब्ध गराइन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ