कपिलवस्तु, १३ बैशाख । जिल्लाको मायादेवी गाउँपालिका वडा नं.१ पकडीमा रहेको युवा कल्याण समाजले कपिलवस्तुको बाल गृहमा गई अनाथ बालबलिकालाई राहत सामग्रीसहित नगद रकम सहयोग गरेको छ ।
राहत सामग्रीमा ३० किलो आलु, ३० किलो प्याज, २० किलो नुन, १ पेटि तेल, १ बोरा अरहरको दाल, १ पेटि चाउचाउ, १० किलो हरियो तरकारी, १० किलो टमाटर र १ किलो हरियो खुर्सानीसहित रु.४००० नगद सहयोग गरेको हो ।
यो विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसले संसारका कैयौँ देशलाई प्रभाव पारेकोले नेपालमा पनि यसको ठूलो प्रभाव पारिरहेको अवस्थामा यो कल्याण समाजले बाल गृहका अनाथ बालबालिकाहरुलाई गरेको सहयोग प्रति बाल गृहका अध्यक्ष राजु अर्यालले खुशी व्यक्त गरे ।
आवश्यक परेको हरेक क्षेत्रमा सेवा सुविधा पुरÞ्याउन दिनरात संस्थाको प्रयासमा संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमान रहेको कुरा संस्थाका सदस्य मेवा लाल यादवले बताए ।
त्यस्तै यो महामारीको समयमा जुनसुकै क्षेत्रमा राहत नपाएका परिवारले हाम्रो संस्थाको सम्पर्क नं.९८०३८४२५६४ मार्फत जानकारी गराएमा हाम्रो टोली राहत सामग्री लिएर घरमै पुर्याईदिने कुरा संस्थाका उपाध्यक्ष वलिउद्दिन मुसलमानले बताए ।
तपाईको प्रतिक्रिया