काठमाडौं, २८ मंसिर । काठमाडौंस्थित भारतीय राजदूतावासले युवा सशक्तिकरण संघ नेपाल सप्तरीलाई एम्बुलेन्स प्रदान गरेको छ ।
युवा सशक्तिकरण संघ नेपालका अध्यक्ष किशोर कुमार यादवले दूतावासलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले संघ र सप्तरी जिल्लाको जनसमुदायका लागि यो एउटा ठूलो सहयोग भएको बताएका छन् ।
मित्रराष्ट्र भारतले नेपालको हरेक क्षेत्रमा यस्ता सहयोगहरु गर्दै आएकोले नेपालको समृद्धिमा भारतको हमेशा साथ रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया