यशोधराले १ हजार बढीलाई राहत वितरण गर्दै

समाचार

4/4/2020

कपिलवस्तु, २२ चैत । विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरस विश्वमा फैलिएको कोरेना भाइरसको कारण नियन्त्रणका लागि गरिएको लकडाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई यशोधरा गाउँपालिका कपिलवस्तुले राहत वितरण सूरु गरेको छ ।

गाउँपालिकाभित्र १ हजार २ सय गाउँबासीलाई राहत वितरण गर्ने योजनाअनुसार कार्य भैरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णयअनुसार आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको छ ।

यशोधरा गाउँपालिकाको वडा नं. १ मा १ सय ५० घरपरिवारलाई राहत स्वारुप प्रति घरपरिवारलाई चामल १० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल १ केजी, चिनी १ केजी, साबुन २ पीस, मसला एवं चियापत्ती लगायत सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए ।

वितरण कार्यक्रममा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, वडा नं १ का वडा अध्यक्ष शिवपुजन पासी, जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेय, पशु विकास अधिकृत अब्दुल सलाम लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिका क्षेत्र भित्रका गरिब विपन्नलाई तथ्यांकको आधारमा निरन्तर राहत वितरण गरिने गाउँपालिकाका अध्यक्ष गरिजेश कुमार पाण्डेयले बताए ।

तत्काल १ हजार २ सय परिवारलाई वितरण गरिए पनि पछि गाउँवासी अन्यलाई समस्या परेमा थप राहत वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ