यो वर्ष हज यात्रा नहुने सम्भावना

समाचार

6/16/2020

काठमाडौं, २ असार । आधुनिक इतिहासमा पहिलोपटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार सऊदी अरबले कोरोना संक्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ ।

एएफपीका अनुसार मुस्लिम समुदायको बाहुल्य रहेको राष्ट्रहरूले सऊदी अरबमाथि जुलाइ अन्तिमसम्म भएपनि हज खुलाउन निर्णय लिन दबाव बनाउँदैछ । तर राजनीतिक अस्थिरता, आर्थिक र महामारीको जोखिमका बीच हज खुलाए लाखौँ श्रद्धालुको आवास र खानाको व्यवस्थापनमा समस्या हुने बताइएको छ ।

सऊदी अरबको मक्कामा वार्षिक रुपमा लाग्ने हजमा विश्वका लाखौँ इस्लाम धर्मावलम्बी पुग्ने गरेका छन् । मुस्लिम समुदायका लागि हज यात्रालाई ठूलो धार्मिक यात्राको रुपमा लिइन्छ ।

इस्लाम धर्ममा जीवनमा एकपटक हज यात्रा गर्नु सबैभन्दा ठूलो र महत्वपूर्ण अध्यात्म यात्राको रुपमा चित्रित गरिएको छ ।

विश्वभरि हवाई उडानसमेत अनियमित हुँदा सऊदी अधिकारीहरूले स्थानीय र सीमासँग जोडिएको केही राष्ट्रका श्रद्धालुलाई आउने अनुमति दिएर यसवर्षको हज छोट्याउन सक्ने विकल्पमाथि छलफल गरिरहेको छ । महामारीको जोखिमका बीच गत मार्च महिनामा सानो स्तरको उमराह निलम्बन गरिएको थियो ।

सऊदी अरब सरकारले हज रोके सन् १९३२ मा सऊदी अरबको स्थापना भएपछि हज रोकिने यो पहिलो अवसर हुनेछ । यस वर्षको हज जुलाइ २८ मा सुरु भई अगष्ट २ मा समाप्त हुने गरी तिथि निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ