रोकिएका उपकरण ल्याउन भारतले सघाउने

समाचार

4/19/2020

काठमाडौं, ७ बैशाख । भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

दक्षिण एसियाली मुलुकका ऊर्जासचिवबीच ऊर्जा क्षेत्रमा पारेको असर र प्रभावको विषयमा भएको भर्चुअल बैठकमा उनले उक्त प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार भर्चुअल बैठकमा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरस रोग (कोभिड–१९) का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका थिए ।

बैठकमा कोभिड–१९ ले ऊर्जा क्षेत्रमा पारेको नकारात्मक प्रभाव, विद्युत् माग र आपूर्तिको सन्तुलन, निर्माणाधीन आयोजनाका काम तथा समस्या समाधानका उपायबारे छलफल भएको घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ