रौतहट, १५ बैशाख । रौतहटमा कालाबजारी रोकिएका छैन । लकडाउनको मौका छोपी रौतहटमा सुरु भएको कालाबजारी नरोकिएको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको १८ वटै स्थानीय तहमा कालाबजारी गर्नेको संख्या बढदै गएपनि स्थानिय तहले रोकने प्रयास समेत नगरेको स्थानीय बताउँछन् ।
खाद्यान्न वस्तुमा गाउँ घरमा रहेको पसलेहरुले कालाबजारी गरिरहेको स्थानियले जनकारी दिएपनि रौतहटका कुनै निकायले रोक्ने प्रयास नगरेको स्थानियले गुनासो गरेका छन् ।
पसलेहरुले प्रती किलो १ सय ६० रुपैयाँ पर्ने खाने तेल २ सय ५० रुपैयाँ, प्रती किला ८० पर्ने चिनि १५० रुपैयाँ, प्रती किलो ३५ रुपैयाँ पर्ने आलु प्रती किलो ५० रुपैयाँ, कपडा धुने साबुन २० पर्नेलाई प्रती पिस ३० रुपैयाँ प्रती किलो ५० रुपैयाँ पर्ने चिउरा ८० सम्म लिने गरेको चन्द्रपुर—१० का स्थानिय वासिन्दा दिमगर चौधरीले बताएका छन् ।
लकडाउनको अवधिमा कालाबजारी नगर्न रौतहटका कुनै निकाय तथा स्थानिय तहले कुनै किसिमको पहल समेत नगरेको स्थानियको भनाई रहेको छ ।
तपाईको प्रतिक्रिया