रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

समाचार

3/6/2020

काठमाडौं, २३ फागुन । जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञान देव पाण्डेले एक कार्यक्रमबीच सो ६ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चासलन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न मिडिया हाउसमा कार्यरत २२ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।

६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्नि युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ