अतिरिक्त क्रियाकलापमा रूचि बढाउन खाना महोत्सव

समाचार

2/23/2020

बुटवल, ११ फागुन । विद्यार्थीलाई पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय र लगनशील बनाउने उद्देश्यले रुपन्देहीका सरकारी तथा निजी विद्यालयाम खाना महोत्सव आयोजना गरिएको छ ।

अतिरिक्त क्रियाकलापअन्तर्गत पर्ने खाना महोत्सव, विज्ञान प्रदर्शनी, हिज्जेलगायतका विभिन्न खेलकुद प्रतियोगितालगायतका गतिविधि अहिले विद्यालयहरुको रोजाइमा पर्ने गरेको छ ।  

बुटवलको सुख्खानगरमा रहेको अक्सफोर्ड इङलिस माध्यामिक विद्यालय, सैनामैनाको प्रभाव आवसीय विद्यालय, सैनामैनाकै सिद्धार्थ बोडिङ स्कुललगायत धेरैले खाना महोत्सवसको आयोजना गरेर प्रयोगात्मक शिक्षामा पनि विद्यार्थीको रुचि बढाउने उद्देश्य रोखेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ