मुख्यमन्त्री र राजदूतबीच भेटवार्ता

समाचार

3/13/2020

विराटनगर, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच विराटनगरमा भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । भेटवार्ताका क्रममा राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताउँदै संघीयता लागू भएका देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको स्पष्ट पारेकी थिइन् ।

संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले मुख्यमन्त्री राइसँग जिज्ञासा राखेकी थिइन् । भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए ।

‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ’ मुख्यमन्त्री राईले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ