काठमाडौं, २२ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका छन् ।
उनी नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रूपमा नियुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया