राजदूत पुरीलाई अभिनन्दन एवं बिदाई

समाचार

12/30/2019

काठमाडौं, १४ पुस । नेपाल–भारत मैत्री संघले नेपालका लागि भारतीय राजदूत मंजीब सिंह पूरी र उनका श्रीमती नम्रता सिंह पूरीलाई अभिनन्दन एवं बिदाई गरेको छ ।

संघले सोमबार काठमाडौंस्थित होटल म्यारीवट, नक्साल आयोजना गरेको एक विशेष समारोमा राजदूत पुरीलाई अभिनन्दन एवं बिदाई गरेको हो ।

राजदूत पुरीलाई नेपाल–भारत मैत्री संघ लगायत अन्य संघ–संस्थाहरुको संयुक्त आयोजनामा बिदाई गरिएको थियो ।

उक्त समारोहमा नेपाल–भारत मैत्री संघ केन्द्रीय पदाधिकारी, सल्लाहकार, आजिवन सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो कार्यकाल सम्पन्न गरी बिदा हुन लागेका राजदूत पुरीलाई नेपाल–भारत मैत्री संघको तर्फबाट अभिनन्दन–पत्र प्रदान गरी सम्मान तथा बिदाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ