राजदूत र उपराष्ट्रपतिबीच भेटघाट

समाचार

3/5/2020

काठमाडौं, २२ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटघाट गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए लगतै राजदूत क्वात्राले उपराष्ट्रपति पुनसँग भेटघाट गरेका हुन ।

भेटमा उपराष्ट्रपति पुनले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । यसैगरी राजदूत क्वात्राले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग पनि भेट गरेका छन् ।

उनीहरूबीच नेपाल–भारत सम्बन्धबारे छलफल भएको थियो । त्यस अवसरमा राजदूत क्वात्राले उपप्रधानमन्त्री पोखरेललाई पुस्तक पनि उपहार प्रदान गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ