राजदेवी युवा समाजद्वारा सरसफाई तथा वृक्षरोपन

समाचार

6/20/2020

राजविराज, ६ असार । लकडाउनको सदुपयोग गर्दै राजदेवी युवा समाजले राजदेवी मन्दिरमा सरसफाई तथा वृक्षारोपन गरेको छ ।

राजविराज युवा समाज राजविराज–२ ले राजदेवी मन्दिरमा सरसफाई तथा वृक्षरोपन गरेको हो ।

शनिबार राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको उपस्थितिमा मन्दिरको हाताभित्र राजदेवीका युवाहरूले सरसफाई गरेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गर्दै वडाका संगठित युवाहरूले सामाजिक गतिविधिलाई निरन्तरता दिँदै मन्दिरबाट सरसफाई तथा वृक्षरोपन गरेको युवा समाजका सचिव ध्रुव कुमार देवले जानकारी दिएका छन् ।

राजविराज २ को सामाजिक, वतावारण, विकासीय गतिविधिलाई बढाउन तथा स्थानीय निकायबाट हुने विकासीय कामको निगरानीको लागि गठित युवा समाजले सामाजिक कार्यलाई निरन्तरता दिने युवा समाज अध्यक्ष सुजित मण्डलले बताए ।

सो अवसरमा राजविराजका नगरप्रमुख शम्भु प्रसाद यादव, राजविराज २ का वडा सदस्य रियाउद्दिन खाँ, वडा १ का सदस्य खेलानन्द यादव, युवा समाजका सल्लाहाकार आयुष श्रेष्ठ, चन्दनकुमार यादब लगायत युवाहरूको सहभागितामा मन्दिर हाताभित्र सरसफाई तथा वृक्षरोपन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ