काठमाडौं, १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले क्वारेन्टाइनका लागि प्रदेश २ सरकारलाई होटेल दिने घोषणा गरेकी छन् ।
महोत्तरीको बर्दिवासस्थित रहेको सांसद राउतको होटेल पावन मिथिलालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको राजपाका महासचिव केशव झाले जनाएका छन् ।
होटेल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि तयार पारिएको महासचिव झाले जनाएका छन् । उनले प्रदेश न.२ को सरकारले आवश्यक परेको खण्डमा प्रयोग गर्न सक्ने बताए ।
वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया