राजपा संविधान संशोधन प्रस्तावको विपक्षमा

समाचार

5/31/2020

काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो ।

सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ

। तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म त्यो संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुको माग पनि समावेश गरि प्याकेजमै संशोधन गर्न राजपा नेपालले माग गर्दै आएको छ । यसअघि राजपा नेपालले ाफूहरुको मागबारेको संविधान संशोधनको प्रस्ताव संसदको सचिवालयमा दर्ता गराउन पनि गएको थियो तर सो प्रस्ताव दर्ता हुन सकेन ।

संसदीय दलको बैठकले राजपा नेपालको माग सम्बोधन हुने गरी संविधान संशोधन नभए सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा मतदान नगर्ने निर्णय गरिएको राजपा नेपालका सांसद प्रमोद साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ