जनकपुरधाम, १६ चैत । कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि प्रदेश २ का राजपाका सांसद उपेन्द्र महतोले संसदीय विकास कोषबाट एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
सर्लाही ४ ‘ख’ बाट निर्वाचित सांसद महतोले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो घोषणा गरेका हुन् ।
‘कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु,’ उनले लेखेका छन् ।
तपाईको प्रतिक्रिया