राजबिराज २ मा राजपा वडा तदर्थ समिति गठन

समाचार

12/22/2019

सप्तरी, ६ पुस । राजबिराज नगरपालिका वडा २ मा राष्ट्रिय जनता पार्टी नेपालको वडा तदर्थ समिति गठन गरिएको छ ।

शनिबार राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबको प्रमुख आतिथ्यमा ललित नारायण झाको अध्यक्षतामा ४१ सदस्यीय वडा तदर्थ समिति गठन गरिएको हो ।

राजपा नेपालको केन्द्रीय सकुल आधारमा प्रत्येक स्थानिय तहको वडाहरूमा वडा तर्दथ समिति गठन हुँदै जिल्ला तदर्थ समिति गठन गर्ने निर्देशन अनुसार समिति गठन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा जिसस सदस्य लक्ष्मी साफी, बिहारी साह, सचिवमा मनोज कुमार सिँह, सहसचिवमा गिरिजा देबी कर्ण, कोषाध्यक्षमा जुवेदा खातुनलाई सर्वसम्मतिवाट चयन गरिएको छ ।

यसैगरी, सदस्यमा डा अवध किशोर सिंह, डा हेमकुमार मिश्रा, रमेश प्रसाद सिँह, बिपिन कर्ण, सत्येन्द्र प्रसाद देव, बिरेन्द्र कुमार यादब, पुणयान्द देव, देव नारायण झा, प्रवोध नारायण सिँह, चन्दनकुमार यादब रहेको छ ।

त्यस्तै सदस्यमा गोबिन्द यादब, अभिनाष झा, असोक झा, महेश दास, मुनचुन झा, गिता देबी सिँह, ललिता देबी कर्मी, निर्मला कर्ण, रिना झा, देवता देव, रंजिता कुमारी यादब, महेश दास, संतोष कुमारी सिँह, संजय देब, अखिलेश्वर प्रसाद देव, मोहम्मद साहिद, मधुकान्त झा, राधा राई, ध्रुव कुमार स्वर्णकार, ओम नारायण देव, शशिसरण कर्ण, राम प्रसाद रजक, लगायत लाई चयन गरिएको वडा तर्दथ समिति अध्यक्ष ललित नारायण झाले जानकारी दिएका छन् ।

सो अवसरमा राजपा नेपालका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, राजपा नेपाल सप्तरी उपाध्यक्ष निरज झा, जिसस सदस्य लक्ष्मी साफी, राजबिराज नगरपालीका कार्यपालीका सदस्य बिपन कर्ण, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादब, लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ