राजविराजमा लकडाउन

समाचार

7/21/2020

सप्तरी, ७ साउन । मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि राजविराजमा फेरि लकडाउन भएको छ ।

राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन गर्ने भन्दै मंगलबार नगर क्षेत्रमा माइकिङ गरेको छ ।

राजनीतिक दलका नेताका साथै उद्योग वाणिज्य संघका पदाधिकारीले समेत लकडाउन गर्न सुझाव दिएकाले बुधबारदेखि लकडाउन गरिने मेयर शम्भु यादवले बताए । द्यपि जिल्ला प्रशासन कार्यालयले यससम्बन्धी निर्णय गरेको छैन ।

राजविराज नगरपालिका– ६ का ७२ वर्षीय प्रतिष्ठित व्यापारीको मृत्यु भएपछि उनका सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा परिवारका पाँच जना र पसलमा काम गर्ने दुई जनामा संक्रमण पुष्टि भयो ।

वडा अध्यक्ष प्रेम यादवका अनुसार बृद्वको कोरोना संक्रमित भएर मृत्यु भएलगत्तै उनका परिवार र कामदार गरी १९ जनाको स्वाब संकलन गरिएको थियो ।

तर वृद्धको घरमा काम गर्ने दुई महिला कामदारको भने परीक्षण गरिएको थिएन । स्थानीयको विरोधपछि उनीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ