राजविराजमा लकडाउनको पूर्ण पालना

समाचार

7/23/2020

राजविराज, ८ साउन । कोरोना भाइरस (कोभिड–१९) का कारण राजविराज नगरपालिकामा एक वृद्धको मृत्यु भएपछि घोषणा गरिएको लकडाउन पूर्णरुपमा पालना भइरहेको छ ।

कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा बिहीबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

कोरोनाको सबभन्दा बढी जोखिम शहरी क्षेत्रमा रहेकोले मुख्यतः वडा नं. २ देखि ८ सम्म पूर्ण लकडाउन रहेको नगरप्रमुख शम्भुप्रसाद यादवले मधेशवाणीलाई बताएका छन् ।

उनले राजविराज नगरपालिकाभित्र कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको बताउँदै त्यसलाई नियन्त्रणका लागि अनिश्चितकालीन लकडाउन गरिएको जानकारी दिए ।

दैनिक कोरोना संक्रमित फेला पर्दै गएपछि बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जारि गरिएको निषेधाज्ञा बारे सूचनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारि गरिएको उल्लेख गरिएको छ ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी जारि निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ ।

उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने जनाइदै अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ