राजविराज, ३१ बैशाख । राजविराज नगरपालिकाको कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त भएको छ । नगर प्रमुख शम्भु प्रसाद यादवलाई इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छ ।
सामग्रीहरुमा केएन ९५ रेसपिरेटर्स मास्क २ सय थान, थ्री प्लाई सर्जिकल मास्क २ हजार थान, पिपिसी १ सय, सेफ्टी चश्मा २ सय थान, आई आर थर्मो्मिटर १०, सुजकोभर १ सय जोडा, हेडकोभर १ सय र लेटेक मेडिकल ग्रेड डिस्पोजल २० हजार थान लगायतका स्वास्थ्य सामाग्रिहरु रहेको केन्द्रका सहायक नरेश कुमार यादवले जानकारी दिए ।
नगर प्रमुख यादवले प्राप्त स्वास्थ्य सामाग्रि गजेन्द्र नारायण सिंह अस्पताल, साईकृष्णा अस्पताल, युनिक अस्पताल तथा विभिन्न स्वास्थ्य चौकी तथा क्वारेन्टाइन केन्द्रमा आवश्यकता अनुसार तत्कालै बितरण गर्ने जानकारी गराए ।
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सामग्रीको अभावका बीच जोखीमपूर्ण अवस्थामा स्वास्थ्यकर्मीहरु काम गर्न बाध्य भएको बेला प्राप्त सहयोगले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया