राजविराज वडा १ मा पहिलो चरणमा ५ सय ८६ लाई राहत वितरण

समाचार

4/16/2020

राजविराज, ४ बैशाख । लकडाउनको समयमा समस्यामा परेका राजबिराज नगरपालिकाद्वारा वडा १ मा अतिगरिव तथा बिपन्न किसान र मजदुरलाई राहत वितरण गरिएको छ ।

बिहीबार वडाको विभिन्न ठाउँबाट पहिलो चरणमा राजदेवी स्कुल, डुमरी स्कुल र पडरिया स्कुल वाट ५ सय ८६ जना परिवारलाई राहत सुरू गरेको वडा अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए ।

राहत प्याकेटमा १५ किलो चामल, दुई केजी दाल, एक केजी खाने तेल र एक किलो नुन बितरण गर्ने गरेको प्रमुख यादबले बताए ।

यसैगरी नगरको वडा ४ र १४ मा पनि नगरपालिकाले राहतको सामग्री बितरण गर्न लागेको नगरप्रमुख शंभु प्रसाद यादबले बताउनु भयो ।

राजविराज नगरपालिकाद्वारा १६ वटै वडाका ७ हजार भन्दा बढी गरिब परिवारलाई राहत को व्यवस्था गरि बाँड्ने काम शुरु भएको छ ।

गरिब परिवारको नाम संकलन गर्न हरेक वडामा वडा अध्यक्ष को संयोजकत्वमा सर्वदलिय नेपाल सशस्त्र प्रहरी, जनपद प्रहरी, प्रधानध्यापक, वडा सचिव, आदि लाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ